टोकियो । जापानमा थप आज ३०४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । डिसेम्बर १२ तारिख शनिवार साँझ ८ बजेसम्म एकैदिन जापानभर ३ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ ।
जापानमा कोरोना संक्रमणको यो संख्या अहिलेसम्मकै उच्च हो ।
आजै टोकियोमा ६२१ जनासहित ओसाका केनमा ४२९ जना,खानागावा प्रान्त्मा २२३ जना,आईची केनमा २०६ जना,साइतामा केनमा १९९ जना,चिबा केनमा १२१ जना, होक्काइदो १८९,ह्योगोमा १३७ जना उच्च संक्रमण पुष्टि भएको छ ।
जापानमा हालसम्म आन्तरिक बाह्य गरि १,७८,९५४ जनामा कोभिड १९ संक्रमण भएको छ । जापानमा ८२ प्रतिशत अर्थात १,४७,५२४ संक्रमितहरु उपचारपछि घर फर्केका छन् । आज जापानभर २१ जनाको निधन भएसंगै मृत्यु हुनेको संख्या आन्तरिक बाह्य गरि २५८८ पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया