टोकियो । जापानमा थप आज २३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । डिसेम्बर १३ तारिख आइतवार साँझ ८:२५ बजेसम्म एकैदिन जापानभर २ हजार ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ ।
आजै टोकियोमा ४८० जनासहित हालसम्म ४७,२२५ जना संक्रमित पुगेका छन् । आज ओसाका केनमा ३०८ जना,खानागावा प्रान्तमा २३१ जना,आईची केनमा १८१ जना,साइतामा केनमा १४४ जना,चिबा केनमा १११ जना, होक्काइदो १६४,ह्योगोमा ११४ जनामा संक्रमण पुष्टि भएको छ । जापानमा हालसम्म आन्तरिक बाह्य गरि १,८१,३४२ जनामा कोभिड १९ संक्रमण भएको छ ।
जापानमा ८१ प्रतिशत अर्थात १,४७,५२४ संक्रमितहरु उपचारपछि घर फर्केका छन् । आज जापानभर १९ जनाको निधन भएसंगै मृत्यु हुनेको संख्या आन्तरिक बाह्य गरि २६१४ पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया