नेपालमा थप ७३६ मा कोरोना पुष्टि,१३ को मृत्यु, ८४७ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका ८० वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप ७३६ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौँमा २९४, भक्तपुरमा २० र ललितपुरमा ७७ जना गरी उपत्यकामा ३९१ जनामासंक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार ९१६ पुगेको छ ।

त्यसैगरी बुधबार थप ८४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १ हजार ७४३ पुगेको छ ।

क्वारेन्टाइनमा ४५२ जना छन् भने आइसोलेसनमा ९ हजार ७५७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया