जापानमा थप विहिबार एकैदिन ३,२०९ जनामा कोरोना संक्रमण पुष्टि

टोकियो । जापानमा थप विहिबार ३२०९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । डिसेम्बर १७ तारिख विहिबार एकैदिन जापानभर ३ हजार २ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरेको छ ।

जापानमा यो संख्या अहिलेसम्मकै उच्च हो भने सबैभन्दा बढी टोकियोमा ८२२ जना पुटि भएको थियो ।
जापानमा हालसम्म आन्तरिक बाह्य गरि ज्ञ लाख ९० जनाभन्दा बढीमा कोभिड १९ संक्रमण भएको छ ।
जापानमा ८१ प्रतिशत अर्थात १,५८,२८७ संक्रमितहरु उपचारपछि घर फर्केका छन् । जापानभर मृत्यु हुनेको संख्या आन्तरिक बाह्य गरि छब्बीस सय नाघेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया