काठमाडौँ । नेपालमा थप ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ७८२ जनामा संक्रमण पुष्टि भएको हो । महिला १२१ र पुरुष १६६ गरी काठमाडौँ उपत्यकामा २८७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ ।
त्यसैगरी बुधबार थप १०२९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ४१ हजार ३९२ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १ हजार ७६५ पुगेको छ ।
क्वारेन्टाइनमा ४२७ जना छन् भने आइसोलेसनमा ९ हजार ३१७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया