नेपालमा थप ७१० मा कोरोना संक्रमण,११७५ जना संक्रमणमुक्त,१२ को मृत्यु,

काठमाडौं । नेपालमा थप ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७१० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोराना संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ ।

त्यसैगरी शनिबार थप १ हजार १७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ४२ हजार ५६७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १ हजार ७७७ पुगेको मन्त्रालयले जनाएको छ ।

हाल क्वारेन्टाइनमा ४२१ जना छन् भने आइसोलेसनमा ८ हजार ८४० जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया