संसद विघटन संविधान र प्रजातान्त्रिक मूल्य मान्यता विपरित : राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा विघटन गर्ने नेकपा नेतृत्वको सरकारको निर्णय संविधान र प्रजातान्त्रिक मूल्य मान्यता विपरित रहेको बताएको छ ।

आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको आकस्मिक बैठकले पछिल्लो घटनाक्रमले २०६२÷६३ पछि अवलम्बन गरिएको अवधारणा र मार्गचित्र गलत छ भन्ने तथ्यलाई थप पुष्टि गरेको बताएको हो ।

पार्टी अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले संसद विघटन गरेर असंवैधानिक र अलोकतान्त्रिक काम गरेको निष्कर्ष निकालिएको बताएका छन् ।

राप्रपाले सरकारको यो कदमलाई आगामी संघर्षका कार्यक्रममा मुख्य एजेण्डाका रुपमा लिएर जाने पनि उनले बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया