संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा तीनवटा निवेदन पेस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको सिफारिस र राष्ट्रपतिले गरेको अनुमोदनविरुद्ध सर्वोच्च अदालतमा तीनवटा निवेदन पेस भएको छ । तर ती निवेदन सोमबारमात्रै दर्ता गर्ने हुने अदालतले जनाएको छ ।
सर्वोच्च अदालतमा अधिवक्ता लोकेन्द्र ओली,केशरजंग केसी, अधिवक्ताहरु समृत,सुलभ खरेलले र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले निवेदन पेस गरेका हुन् ।
अब संसद विघटन गर्ने मन्त्रिपरिषद् निर्णयको निर्क्यौल सर्वोच्च अदालतले गर्ने भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया