काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरिसकेपछि संवैधानिक निकायका रिक्त रहेका ४५ वटा पदहरुमा सिफारिस गरिएको सूचना सार्वजनिक भएको छ । संसदमा जानकारीका लागि पठाइएको सूचना सार्वजनिक भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सदस्य रहेको संवैधानिक परिषद्को बैठकले अख्तियार प्रमुखमा प्रेम राई र मानवअधिकार आयोगमा टोपबहादुर मगरसहित ४५ वटा संवैधानिक पदहरुमा सिफारिस गरेको हो ।
सिफारिस गरिएका नामहरु
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
अध्यक्ष : प्रेमकुमार राई
सदस्य : जयबहादुर चन्द
किशोरकुमार सिलवाल
निर्वाचन आयोग
सदस्य: रामप्रसाद भण्डारी
डा. जानकी तुलाधर
मानवअधिकार आयोग
अध्यक्ष: टपबहादुर मगर
सदस्य: मनोज दुवाडी
डा. सूर्य ढुंगेल
लिली बस्नेत थापा
मिही ठाकुर
राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोग
सदस्य: जुद्ध गुरुङ
अमरराज मिश्र
महिला आयोग
अध्यक्ष: कमलाकुमारी पराजुली
सदस्य: कृष्णकुमारी पौडेल खतिवडा
विद्याकुमारी सिन्हा
दलित आयोग
अध्यक्ष: देवराज विक (दाङ)
सदस्य: मिना सोभ
परशुराम रमतेल
कुञ्ज बराइली
मेहेले पार्की
राष्ट्रिय समावेशी आयोग
अध्यक्ष: मनप्रसाद खत्री
सदस्य: रामचन्द्र जोशी
हरिभक्त जोशी
जितेन्द्र पाश्वान
आदिवासी आयोग
अध्यक्ष: रामबहादुर थापा उदयपुर
सदस्य: मीन श्रीस मगर गुल्मी
मिनसिंह लामा नुवाकोट
रिना राना स्याङ्जा
चरण राई उदयपुर
मधेसी आयोग
सदस्य: जिवक्ष साह
रेणुदेवी शाह
विजय गुप्ता
थारु आयोग
सदस्य: विकास चौधरी
बबिता चौधरी
सुबोधसिंह थारु
भोलाराम चौधरी
मुस्लिम आयोग
महमुद्दिम अलि
मिर्जाअर्सद बेग

फेसबुकबाट तपाइको प्रतिक्रिया