टोकियो । जापानमा सोमबार थप १,८०६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । डिसेम्बर २१ तारिख राति १२ बजेसम्म एकैदिन जापानभर १,८०६ जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरेको छ ।
जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको विवरण अनुसार सोमबार टोकियो ३९२, खानागावा १८८, ओसाका १९०, चिबा र साईतामा ११७, होक्काईदो ११० रहेको छ ।
जापानमा हालसम्म आन्तरिक २,०१,०४५ जनाभन्दा बढीमा कोभिड १९ संक्रमण भएको छ भने आन्तरिक र बाह्य गरि २,०१,७५७ जना कोरोना संक्रमित भएका छन् ।
जापानमा ८३ प्रतिशत अर्थात १,६७,५१३ संक्रमितहरु उपचारपछि घर फर्केका छन् ।
जापानमा कोरोना संक्रमण भएर उपचाररत ६ सय जनाभन्दा बढी गम्भिर बिरामी रहेका छन् । जापानभर सोमबार ४८ जनासहित मृत्यु हुनेको संख्या २८ सय नाघेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया