कोरोना संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या १७ लाख नाघ्यो

विश्वमा कोरोना भाईरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १७ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ३ सय भन्दाबढी संक्रमितको मृत्यु भएको छ । योसँगै १७ लाख ८ हजार ८३७ संक्रमितको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ५ लाख ३ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ५ करोड ४५ लाख ८८ हजार ९४९पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख ४६ हजार ५ सयभन्दा बढीमा संक्रमण भएको छ । योसँगै विश्वभर संक्रमित संख्या ७ करोड ७७ लाख १३ हजार ३६५ पुगेको छ । हाल विश्वभर २ करोड १४ लाख १५ हजार ५७९ जना सक्रिय संक्रमित छन् भने एक लाख ६ हजार भन्दाबढीको अवस्था गम्भीर रहेको छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या १ करोड ८४ लाख ७३ हजार ७१३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ८ लाख २ हजार ४९६ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख २४ हजार नाघेको छ ।

त्यसैगरी, भारतमा सक्रमितको संख्या १ करोड ७५ हजार ४२२ पुगेको छ । संक्रमितमध्ये एक लाख ४६ हजार बढीको मृत्यु भइसकेको छ भने हालसम्म ९६ लाख ३५ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् । ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ७२ लाख ६४ हजार नाघेको छ भने १ लाख ८७ हजार ३२२ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ६२ लाख ८६ हजार भन्दा बढी निको भएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया