नेकपा ओली पक्षले तोक्यो सातै प्रदेश र जनवर्गीय संगठनका इन्चार्ज

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली पक्षको केन्द्रीय कमिटीको बैठकले सातै प्रदेश र जनवर्गीय संगठनका इन्चार्जहरु तोकेको छ ।

नेकपा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपाले सातै प्रदेश र जनवर्गीय संगठनका इन्चार्जहरु तोकेको छ । विहिबार बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्जहरु तोकेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

जसमा प्रदेश १ को इन्चार्जमा सुवास नेम्वाङ, २ मा सत्यनारायण मण्डल, वागमतीमा ईश्वर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकेको प्रवक्ता ज्ञवालीले बैठकपछि जानकारी दिए । त्यस्तै जनवर्गीय संगठनको इन्चार्जमा टोपबहादुर रायमाझी, राजधानी उपत्यकाको जिम्मा कृष्णगोपाल श्रेष्ठलाई दिएको छ ।
बैठकले प्रचण्डको कार्यकारी अधिकार फिर्ता गरेको छ । साथै बैठकले समसामयिक १५ वटा प्रस्ताव पारित गरेको सो समूहले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया