काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेकी छिन् ।
यान्छीले शुक्रबार दिउँसो नेपाल निवास कोटेश्वरमा गएर अध्यक्ष नेपालसँग शिष्टाचार भेट गरेकी हुन् । भेटका अवसरमा उनीहरुबीच दुई मुलुकका आपसी हितका विषयमा छलफल भएको बताइएको छ। सत्तारुढ नेकपा भित्र विभाजन आएसँगै चिनियाँ राजदूतले दौडधुप बढाएकी छिन् ।
उनले बिहीबार प्रचण्ड–नेपाल पक्षीय नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेट गरेकी थिइन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया