संकटकाल आवश्यक छैन :प्रधानमन्त्री सुगा

जापान । जापानका प्रधानमन्त्री योशिहिडे सुगाले जापानमा संकटकाल लगाउन आवश्यक नभएको बताएका छन् ।

कोरोनाभाइरसको महामारी फैलिन रोक्न जापानमा संकटकाल लगाउने वा नलगाउने भन्ने चर्चा चलिरहेका समय प्रधानमन्त्री सुगाले शुक्रबार देशव्यापी संकटकालको आवश्यकता नभएको बताएका हुन्।

राजधानी टोकियोलगायतका सहरहरूमा कोरोनाभाइरसको महामारी बढीरहेका बेला उनले यस्तो बताउनुलाई महत्वका साथ लिइएको छ ।

बर्ष सन् २०२० को अन्तिम पत्रकार सम्मेलनमा उहाँले कोरोना महामारी नियन्त्रणसम्बन्धी विज्ञहरूको उच्चस्तरीय टोलीले आफुलाई अव संकटकालको आवश्यकता नरहेको बताएको जानकारी दिए ।

उनीहरुको सुझाबकै कारणले अहिले आफु संकटकाल घोषणा गर्ने तयारीमा नरहेको पनि प्रधानमन्त्री सुगाले स्पष्ट पारे ।

उनले क्रिसमस र नयाँ बर्ष मनाउने क्रममा जापानमा रहेकाहरुले शान्तिपूर्वक र सतर्कता पूर्वक मनाउने विश्वास पनि व्यक्त गरे ।

घर भित्र पारिवारिक जमघट बाहेक अन्य भिडभाड उनीहरुले नगर्ने अपेक्षा पनि प्रधानमन्त्री सुगाले व्यक्त गरेका थिए।

प्रतिवन्धात्मक व्यवस्था र आधारभूत स्वास्थ्य मापदण्ड पालना गर्दै निश्चित अवधिका लागि मात्रै व्यापारिक प्रतिष्ठानहरु खोल्न अनुमति दिइएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया