काठमाडौं । सत्तारुढ नेकपाका नेता डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेर संविधान र लोकतन्त्रको खिल्ली उडाएको आरोप लगाएका छन् । शनिबार सामाजिक संजाल फेसबुकमार्फत रावलले प्रधानमन्त्रीले आफ्नो स्वेच्छाचारी चरित्र र पदको उन्माद आफैं पर्दाफास गरेका बताएका हुन् ।
उनले लेखेका छन्, ‘देश, जनता र पार्टीप्रति विश्वासघात र संविधानमाथ घात गर्ने प्रधानमन्त्री ओलीले आफैं चुनावको मिति तोकेर पनि पदबाट राजीनामा नदिई उल्टै निरंकुश शासक झैं मन्त्रिपरिषद्को विस्तार गरेर संविधान र लोकतन्त्रको खिल्ली उडाएका छन् । आफ्नो स्वेच्छाचारी चरित्र र पदको उन्माद आफै पर्दाफास गरेका छन्।’

फेसबुकबाट तपाइको प्रतिक्रिया