काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले इमान्दारिताका साथ राष्ट्र सेवाको काममा लागिरहने प्रतिवद्धता व्यक्त गरेका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले उच्च नैतिकता, स्वाभिमान र इमान्दारिताका साथ काम गर्दा मात्रै रहेक क्षेत्रमा सफलता प्राप्त हुने स्पष्ट पारे ।
रत्न–धर्म स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले उच्च नैतिकता र इमादारिताका काम गरेकै कारण आफूले राष्ट्रको सेवा गर्ने अवसर पाएको बताए । मन्त्री गुरुङले मानवीय सेवा र समाज सेवाको काममा समर्पित भएर लाग्न सामाजिक संघ, संस्थालाई समेत आह्वान गरे ।
उच्च नैतिकता र इमान्दारिताका साथ काम गर्न मन्त्री गुरुङले सबैलाई आग्रह गरे । कार्यक्रममा मन्त्री गुरुङले शैक्षिक अभियन्ता डीबी खड्काद्धारा लिखित ‘कल्पना र वेदना’ तथा ‘सपना र सृजना’ नामक कविता संग्रह तथा ‘जुुँगुुदेखि मुगुुसम्म’को अनुुभूति समेटिएको निबन्ध संग्रह विमोचन गरेका थिए भने नेपाली सेनाका उपरथी डा. सहदेव खड्कालाई सम्मान गरेका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया