नेपालमा थप ६५९ मा पुष्टि, सातको मृत्यु, ७१८ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६५९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको छ ।

त्यसैगरी सोमबार थप ७१८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५० हजार ५८१ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८३२ पुगेको मन्त्रालयले जनाएको छ ।

क्वारेन्टाइनमा ३६९ जना रहेका छन् भने आइसोलेसनमा ६४२७ जना सक्रिय संक्रमित रहेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया