जापानमा मंगलबार थप ३,६०५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित २ लाख २८ हजार नाघ्यो

टोकियो । जापानमा मंगलबार थप ३,६०५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । डिसेम्बर २९ तारिख मंगलबार एकैदिन जापानभर ३,६०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको विवरण अनुसार मंगलबार टोकियो ८५६ जना,खानागावा ३९५, ओसाका ३०२, साईतामा ३०० संख्या रहेका छन् ।
जापानमा हालसम्म आन्तरिक र बाह्य गरि २ लाख २८ हजार १२७ जना कोरोना संक्रमित भएका छन् ।
जापानमा ८२ प्रतिशत अर्थात १,८६,९४६ संक्रमितहरु उपचारपछि घर फर्केका छन् ।
जापानभर मृत्यु हुनेको संख्या ३,१९९ जना पुगेको छ भने हाल देशभर ६७५ जना विमारीको चिन्ताजनक छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया