नेपालमा कोभिड–१९ विरुद्धको खोप भारतबाट खरिद गर्न औपचारिक प्रक्रिया शुरु

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप भारतबाट खरिद गर्नका लागि सरकारले औपचारिक प्रक्रिया शुरु गरेको छ ।
खोप खरिदका लागि सहजीकरण गर्न भन्दै परराष्ट्र मन्त्रालयले भारतलाई हालै औपचारिक पत्र नै पठाएको छ ।
खोप खरिदका लागि पत्र मार्फत भारतलाई औपचारिक रुपमा आग्रह गरिएको भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले अनलाइनखबरलाई जानकारी दिए ।
भारतबाट खोप खरिदका लागि आवश्यक पर्ने खर्चसमेत सरकारले जुटाइसकेको छ ।

सरकारले २० प्रतिशत जनसंख्यालाई पुग्ने पहिलो चरणमा २० प्रतिशत खोप खरिद गरेर फ्रन्टलाइनका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र वृद्धवृद्धालाई लगाउने सरकारको तयारी छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया