टोकियोमा कोरोना कहर: बिदामा घरमै बस्न गभर्नर कोइकेको आग्रह

जापान । टोकियोकी गभर्नर युरिको कोइकेले कोरोना भाइरसको संक्रमण निरन्तर बढ्दै गएकोले अवस्था एकदम गाह्रो हुँदै गएको बताएकी छिन् ।

डिसेम्बर ३० मा आपतकालीन पत्रकार सम्मेलन गरि गभर्नर कोइकेले नयाँ बर्षको सार्वजनिक बिदामा भाइरसको संक्रमण रोक्न घरमै बस्न आग्रह गर्दै वर्षको अन्त्य,नयाँ वर्षका पार्टीहरू र रातको समयको पार्टीहरू नगर्न आम नगरबासीलाई गभर्नर कोइके आग्रह गरिन् ।

सार्वजनिक बिदाको बेलामा टोकियोका बासिन्दाहरुले गर्ने गतिविधिले संक्रमणको प्रक्षेपवक्र निर्धारण गर्ने उनको भनाई छ । मैले तपाईंहरुलाई भन्नु पर्दछ कि अवस्था एकदम गाह्रो छ, हामी अहिले महत्त्वपूर्ण चरणमा छौं । यहि अवस्थामा कोरोना भाइरसको संक्रमण निरन्तर बढ्दै गएमा आपतकाल लगाइने गभर्नर कोइकेले बताएकी छिन् ।
बेलायत र दक्षिण अफ्रिकामा देखापरेको कोरोनाको थप संक्रमणको प्रकारबारे हामीले सकेसम्म धेरै सावधानी अपनाउनु पर्ने गभर्नर कोइकेले बताईन । सार्वजनिक बिदाको बेलामा संक्रमण वृद्धि सुस्त बनाउन सकिन्छ कि सकिदैंन भन्ने विषयमा आफूहरु महत्वपूर्ण मोडमा रहेको गभर्नर कोइकेको बुझाइ छ ।

गभर्नर कोइकेले यसो भनिरहदा बुधवार टोकियोमा ९४४ जना कोरोनाको नयाँ संक्रमित थपिएका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया