जापान । टोकियोमा आज थप १,३०० जनाभन्दा बढीमा कोरोनाभाईरस संक्रमण पुष्टि भएको छ । आज डिसेम्बर ३१ तारिख बिहिबार टोकियोमा एकैदिन १ हजार ३ सय जनाभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
एकैदिन १ हजार जनाभन्दा बढीमा संक्रमण देखिएको यो पहिलो पटक हो । जापानको राजधानी टोकियोमा यो संख्या एकैदिन पुष्टि भएको अहिलेसम्मको सबैभन्दा बढी हो ।
टोकियमा अहिलेसम्म ६० हजार भन्दा बढी कोरोना संक्रमित भएक छन् ।
यहि अवस्थामा कोरोना भाइरसको संक्रमण निरन्तर बढ्दै गएमा आपतकाल लगाइने गभर्नर यूरिको कोइकेले हिजोको पत्रकार सम्मेलन गरेर बताएकी छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया