नेपालमा थप ५३४ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २ लाख ६० हजार नाघ्यो

काठमाडौं । नेपालमा थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५३४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०३ जना महिला र १४४ पुरुष गरी २४७ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९३ पुगेको छ ।

त्यस्तै बिहीबार थप ४४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५२ हजार ३५९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८५६ पुगेको छ ।

यसैगरी हालसम्म क्वारेन्टाइनमा ३६२ जना छन् भने आइसोलेसनमा ६३७८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया