काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तव्य तय गरी अघि बढिरहेको बताएका छन्।
अन्तर्राष्ट्रिय नयाँ वर्ष सन् २०२१ को शुभकामना दिँदै प्रधानमन्त्री ओलीले नेपालको आकांक्षा पूरा गर्न स्थिर राजनीति अपरिहार्य रहेको बताएका हुन् ।
सन् २०२० मा नेपाललाई निम्न अर्थतन्त्रको मुलुकबाट माथि उठाएर निम्नमध्यम अर्थतन्त्रको मुलुकका रूपमा स्थापित गर्न सफल भएको उनको दाबी छ। प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको विकास लक्ष्य अनुरूप सन् २०२२ भित्र नेपाललाई मध्यम अर्थतन्त्र भएको मुलुकमा वर्गोत्थान गर्ने सफलतातर्फ उन्मूख भएको बताए।
अर्को नयाँ वर्षको संघारमा पुग्दासम्म विकास र समृद्धिका लागि हामीले बसालेको जग अझ देखिनेगरी थप उचाईमा पुर्याउने प्रधानमन्त्री ओलीले बताए।

फेसबुकबाट तपाइको प्रतिक्रिया