पार्टी फुटाएर दक्षिणपन्थीको सहयोगमा सरकार बनाउने प्रयास भयो: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी नेकपा फुटेको नभइ केही नेताहरु अलग्गिएको दावी गरेका छन् ।

३६ देशका प्रवासी नेपाली अगुवालाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही नेताहरु दक्षिणपन्थीको इशारामा पार्टी फुटाएर सरकार बनाउने खेलमा लागेको आरोप समेत लगाए ।

सभामुख सापकोटाले सरकारको प्रस्ताव संसद्‍मा पेस नगरेको उनको आरोप छ । प्रधानमन्त्रीविरूद्ध गत ५ गते दिउँसो ३ बजे दर्ता भएको अविश्वासको प्रस्तावलाई सभामुखले नै १०ः५५ मा दर्ता गरेको बनाएको पनि बताए ।

सभामुखबाट अस्थिरता, अराजकतालाई बल पुग्ने काम गरेकाले सरकारको सहयोगी नबनेकाले संसद् विघटनको निष्कर्षमा पुग्नुपरेको पनि ओलीको जिकिर छ । ओलीले संविधान र प्रणालीको रक्षाका लागि ताजा जनादेशमा जानुपर्ने अवस्था आएको बताएका छन् ।

ओलीले विघटन भएको सांसदको हस्ताक्षरको कुरा गरेर प्रचण्ड–माधव पक्षले लोकतन्त्र र प्रणालीको मजाक उडाइरहेको समेत आरोप लगाए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया