प्रदेश सरकारमाथि अविश्वासको प्रस्ताव पेश भए सामना गर्छु: मुख्यमन्त्री गुरुङ

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारमाथि अविश्वासको प्रस्ताव पेश भए सामना गरिने बताएका छन् ।

शनिबार नेकपा ओली समूहका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणमा उनले केन्द्रमा जे जस्तो विवाद भए पनि प्रदेशभित्र सरकार सञ्चालनमा मिलेर जानुपर्ने पक्षमा आफू रहेको बताए ।

प्रचण्ड–माधव समूहलाई केन्द्रमा झगडा भए पनि प्रदेशमा मिल्नुपर्छ भन्दै मिलेर जान आग्रह गरिएको बताए ।

अरुलाई उदाहरण देखाउन पनि अहिले गण्डकी प्रदेशमा मिलेर जान आग्रह गरिएको बताउदै अविश्वासको प्रस्ताव आए सामना गर्ने मुख्यमन्त्री गुरुङले बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया