झापा । नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले कानुनी राज्यमा सबै काम कानुनअनुसार हुने उल्लेख गर्दै सूर्य चिन्ह आफूहरुकै पक्षको हुने बताएका छन् ।
शनिबार प्रतिनिधिसभा विघटनविरुद्ध झापाको विर्तामोडमा आयोजित विरोधसभामा बोल्दै नेता भट्टराईले प्रधानमन्त्री केपी ओलीले निर्वाचन आयोग, अदालत सबैतिर सेटिङ गरेको कुरा भन्नु गलत हुने बताए ।
कानुन अनुसार प्रचण्ड नेपाल समूहले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको जिकिर गर्दै भट्टराईले ‘सेटिङ’ हावा भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले निर्वाचन आयोग, अदालत सबैतिर सेटिङ गरेका छन् भन्ने कुरा ‘हावा’ हो । कानुनी राज्यमा सबै काम कानुनअनुसार हुन्छ । कुनै सेटिङ–फेटिङले काम गर्दैन ।
भट्टराईले दल सम्बन्धि ऐनअनुसार नै नेकपा पार्टी, हसिया–हतौडा अंकित झण्डा र चुनाव चिन्ह सूर्य आफूहरुको हुने दाबी गरे । नेता भट्टराईले कानुनी राज्यमा ओलीले गरेका कुनै ‘सेटिङ’ काम नलाग्ने बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया