नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार नाघ्यो

काठमाडौं । नेपालमा थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४२१ जनामा संक्रमण पुष्टि भएको छ । उपत्यकामा आइतबार ८७ जना महिला र १ सय १० जना पुरुष गरी १ सय ९७ जना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ ।

त्यसैगरी आइतबार थप ६३७ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोराना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५४ हजार ४९४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप आठ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८७८ पुगेको छ ।

देशभर क्वारेन्टाइनमा ३६७ जना छन् भने आइसोलेसनमा ५४८७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ४८ हजार ५०२ परीक्षणहरु गरिएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया