जापानमा संक्रमण बढेपछि आपतकाल घोषणा गर्ने तयारी, प्रधानमन्त्रीले आज पत्रकार सम्मेलन गर्दै

टोकियो । पछिल्लो समय जापानमा कोरोना महामारी तिब्र रुपमा बढेपछि सरकारले आपतकालिन अवस्था घोषणा गर्ने भएको छ ।
टोकियो महानगर, खानागावा, साइतामा र चिबा प्रिफेक्चर प्रमुखहरुले गरेको अनुरोधपिछ केन्द्रीय सरकारले आपतकालिन घोषणा बारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेको हो ।

जापानका प्रधानमन्त्री योशिहिदे सुगाले हिजो जनवरी ३ तारिख क्याविनेटका केहि मन्त्रीसंग आपतकालिन बारे राय बुझ्न छलफल गरेका छन ।

प्रधानमन्त्री सुगाले छलफलपछि आज जनवरी ४ तारिख कोरोनाको पछिल्लो अवस्थालाई सम्बोधन गर्दै पत्रकार सम्मेलन गर्ने भएका छन । आजको पत्रकार सम्मेलनमा केन्द्र सरकारले मुख्य महानगरीय क्षेत्रमा आपतकाल घोषणा गर्न सक्ने अड्कल गरेका छ ।

आपतकालिन घोषणापछि सरकारले रेष्टुरेन्टहरूमा व्यापारिक समय घटाउन अनुरोध, बेलुका ८ बजेसम्म रेस्टुराहरुमा र स्टोर’ बन्द गर्न आग्रह गर्ने, मानिसको भिडभाडलाई कम गर्न सकेसम्म बिना काम बाहिर ननिस्कन कडाईका साथ अनुरोध र निगरानी गर्ने गर्ने जापानी समाचारमा उल्लेख छ ।

आईतबार जनवरी ३ तारिख जापानमा एकैदिन ३१५८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । टोकियोमा ८१६ जना,कानागावा केनमा ३६५ जना,चिबा केनमा २२५ जना र साईतामा केनमा २०५ जना कोरोना संक्रमण पुष्टि भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया