टोकियो । जापानलाई कर्म थलो बनाउँदै आएका संगितकर्मी अरमान गुरुङको शब्द,संगीत तथा स्वरमा ‘खनी यामो ए ङोलो ‘ बोलको गुरुङ भाषाको गीत सार्वजनिक भएको छ ।
गीतमा अरमान गुरुङसंगै लोकप्रिय गायीका शर्मिला गुरुङको साथमा रुपेश गुरुङ र कल्पना गुरुङको स्वर रहेको छ भने, बी.बी.अनुरागीको संगीत संयोजन रहेको छ । तत्काललाई लिरिकल भिडियोका रुपमा मात्र सार्वजनिक भएको यस गितको वास्तविक भिडियो पनि चाँडैनै सार्वजनिक गरिने बताईएको छ । साथै भिडियोमा अविषेक गुरुङ र मुस्कान गुरुङको अभिनय देख्न सकिनेछ । गीत गुरुङ भाषाको भएता पनि भिडियोमा नेपालीमा पनि उल्था गरिएकाले गुरुङ भाषा पटक्कै नबुझ्नेहरुका लागि मनोरन्जनात्मक बनेको छ ।
हेर्नुहोस् भिडियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया