नेपालमा थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४०३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८५ जना संक्रमित थपिएका छन् ।
काठमाडौंमा १४०, ललितपुरमा २१ र भक्तपुरमा २४ जना कोरोना संक्रमित देखिएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २६२ पुगेको छ । त्यसैगरी सोमबार थप ५९४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५५ हजार ८८ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप सात जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८८५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ४ सय १ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख ५२ हजार ९०३ पीसीआर परीक्षण भएका छन् । देशभर हाल सक्रिय संक्रमितको संख्या ५ हजार २८९ छ भने क्वारेन्टाइनमा ३४२ जना रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै, कम्बोडियाले नेपाललाई ठूलो परिमाणमा स्वास्थ्य सामग्री उपलव्ध गराएको छ । कम्बोडियाका अधिकारीहरूले सोमबार स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको मन्त्रालयले जानकारी दिएको छ ।
कम्बोडियाले पठाएका सामग्रीमा फेस मास्क २० लाख, फ्याब्रिक फेस मास्क १ लाख, एन ९५ मास्क २० हजार, गगल २० हजार, पिपिई सेट २० हजार, इन्फ्रा टेम्प्रेचर म्यानुअल चेक पाँच सय, फेस सिल्ड २० हजार, आइसियूका लागि भेन्टिलेटर मेसिन २० लगायत सामग्री छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया