काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विज्ञापन बोर्डमा प्रभावकारी ढङ्गले काम गर्न निर्देशन दिएका छन् ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले विज्ञापनसम्बन्धी अर्बौंको बजेट सदुपयोग हुने गरी काम गर्न बोर्डका पदाधिकारीलाई निर्देशन दिएका हुन्।
सिंहदरबारमा मंगलबार आयोजित बोर्डको चौथो पूूर्ण बैठकमा मन्त्री गुरुङले बोर्डको कामलाई प्रभावकारी बनाउन विज्ञसँग आवश्यक छलफल गरी रणनीतिक योजना बनाउनका सचेत गराए ।
मन्त्री गुरुङले पुस मसान्तभित्र कार्ययोजना बनाएर आफ्नो कामलाई गति दिन आग्रह गरे । बोर्ड बैठकले विज्ञापनसम्बन्धी राष्ट्रिय नीति बनाउने निर्णय गरेको छ । राष्ट्रिय नीति बनाउँदा सरोकार निकायसँग बृहत् छलफल गर्न बोर्डलाई मन्त्री गुरुङले निर्देशन दिए।
सरकारी विज्ञापन व्यवस्थापन गर्ने उद्देश्यका साथ मन्त्री गुरुङ आएपछि पहिलोपटक विज्ञापन बोर्ड गठन गरिएको हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया