काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्ष का अध्यक्ष माधवकुमार नेपालले सत्ताको मात अत्यन्तै खरानाक हुने बताएका छन् ।
बुधबार काठमाडौंमा राजनीतिक दलहरुले गरेको अन्तरक्रिया कार्यक्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति संकेत गर्दै भने, ‘सत्ताले मान्छेलाई बिर्गादो रहेछ । सत्ताको मात अत्यन्तै खरानाक हुँदो रहेछ ।
संसद विघटन गरेपछि पनि प्रधानमन्त्री ओलीले आफूलाई पूर्ण अधिकारसहितको प्रधानमन्त्री दावी गरेको भन्दै उनले कुनै पनि कदमलाई सफल हुन नदिने बताए ।
‘विघटन पनि गर्ने अनि पूर्ण अधिकारसहितको प्रधानमन्त्री पनि ठान्ने,’ नेपालको भनाइ छ, ‘कस्तो निरुकुंश । संकटकाल निम्त्याउने, अनेक खालका सडयन्त्रका तानाबाना बुनिरहेको सुनेका छौं । त्यो सफल हुन्छ भन्ने नसोचे हुन्छ ।
नेपालले प्रधानमन्त्रीको संसद विघटन गर्ने कदम प्रतिगामी भएको समेत दावी गरे ।

फेसबुकबाट तपाइको प्रतिक्रिया