काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले चाहेर पनि आफूलाई हटाउन नसकेको भन्दै यही स्थिरता र स्थायित्व भएको बताएका छन् ।
राष्ट्रिय सभा बैठकलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनाव हुनु अस्थिरता नभएको जिकिर गरेका छन् ।
प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय राजनीतिलाई अस्वस्थतातिर धकेल्न खोजेको भन्दै आफूले ५ वर्ष सरकार टिकोस् भन्ने चाहेको तर आफ्नै पार्टीका नेताहरुले देशलाई अस्थिरतामा लैजाने प्रयास गरेको उनको आरोप छ ।
‘त्यसमा प्रायोजित सञ्चार माध्यम प्रयोग भएका छन्, बुद्धिजिवीहरुको एउटा झुण्ड पनि लागेको छ,’ उनले भने, ‘संसद विघटनबाट अस्थिरता सृजना गर्ने प्रयास रोकिएको छ ।
संसद विघटनलाई असंवैधानिक र गैरजिम्मेवारपूर्ण कदम भनेको भन्दै प्रधानमन्त्री ओलीले आक्रोश पोखेका छन् । आफूले जिम्मेवारीबोधका साथ प्रतिनिधिसभा विघटन गरेको जिकिर गरेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया