इन्द्रावती गाउँपालिकाको आठौं गाउँसभाबाट तीन विधेयक पारित

सुशील सुबेदि, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको आठौं गाउँसभा सम्पन्न भएको छ ।

सोमबार नवलपुरमा आयोजित गाउँसभामा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका महासचिव वंशलाल तामाङले आगामी बजेट महत्वाकांक्षी नभई व्यावहारिक हुने बताएका छन् ।

यसैगरी, गाउँसभाले तीन वटा विधेयक पनि सर्वसम्मत पास गरेको छ । पारित विधेयकहरुमा एकीकृत बस्ती विकास तथा जग्गा एकीकरण सम्बन्धी विधेयक, प्राकृतिक स्रोत तथा वातावरण व्यवस्थापन विधेयक र गाउँपालिकाका कर्मचारी कल्याण कोष सञ्चालन विधेयक रहेका छन् ।

सभामा कृषक प्रोत्साहन पुरस्कारस्वरुप वडा नम्बर ६ का कृषक शंकरनाथ न्यौपानेलाई दुर्लभ मानिएको एकै बोटमा दुई घरी केरा उत्पादन भएबापत नगद दश हजार, दोसल्लासहित सम्मान गरिएको थियो।



फेसबुकबाट तपाइको प्रतिक्रिया