प्रतिनिधिसभा विघटनविरुद्धका रिट संवैधानिक इजलासमै सुनुवाइ हुने

काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ अब संवैधानिक इजलासमै हुने भएको छ । संवैधानिक इजलासमा विघटनविरुद्धको रिटमाथिको बहसपछि बृहत् पूर्ण इजलास गठनको माग अस्वीकार गरेको हो।

१३ रिट निवेदकमध्ये १२ जनाले बृहत् पूर्ण इजलासको माग गरेका थिए । तर संवैधानिक इजलासले उक्त माग अस्वीकार गर्दै सोही इजलासले हेर्ने निर्णय गरेको हो । साथै ती रिट निवेदनमाथि माघ ४ गते आइतबारदेखि निरन्तर सुनुवाइ गर्ने निर्णय भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा गठित संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् । शुक्रबारको बहसका क्रममा सरकार पक्षीय कानुन व्यवसायीहरुले संविधानको व्याख्या संवैधानिक इजालासबाटै हुने बताएका थिए भने रिट निवेदकतर्फका कानुन व्यवसायीले भने पूर्ण इजलासमा लैजानु पर्ने माग गरेका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया