झापा। बाल्यकाल देखि नै समाजसेवामा रुचि राख्दै आउनुभएकी अनिता दुलालले अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रका बालबालिकालाई न्यानो कपडा वितरण गर्नुभएको छ ।
शिवसताक्षी नगरपालिका ४ निवासी बुबा भोलानाथ दुलाल र माता तुलसा देबी दुलालकी छोरी अनिता दुलालले आफनो जन्मोत्सवको अवसर पारेर केन्द्रका ८ जना बालबालिकालाई न्यानो कपडा वितरणको गर्नुभएको हो ।
आफु शारिरिक अपाङ्ग भएकै कारणले आफुले अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा रहेका बालबालिकालाई सहयोग गरेको बताउनुभयो । यस्तै, चिसो मौसमका कारण बालबालिकालाई प्रतिकूल असरबाट जोगाउन न्यानो कपडा वितरण गरिएको समेत समाजसेवी दुलालले बताउनुभयो ।
बोलोचौक बिकास समितिको प्रस्तुति फेसबुक लाईभ कार्यक्रम सानो प्रयासको संचालिका समेत रहनुभएकी दुलालले सोमबारको क्विज कार्यक्रमको लागि प्रायोजन गर्ने उद्देश्यले समितिलाई ११ सय रुपैंया सहयोग गर्नुभएको छ ।
आजकै दिन सानो प्रयास कार्यक्रमकी सञ्चालिका मुना सिटौला आचार्यको छोरा सक्क्षम आचार्यको १६ औं जन्मदिन पनि परेकाले उहाँहरु दुबै जनालाई समितिका अध्यक्ष डाक्टर धर्मेन्द्र कुमार शाहले जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया