भारतको गुजरातमा फुटपाथमा सुतेका आप्रवासी कामदारलाई ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ ।
गुजरातको कोसाम्बामा गएराति फुटपाथमा सुतिरहेका आप्रवासी कामदारमाथि ट्रकले किच्दा १५ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
१२ जनाको घटनास्थलमै मृत्यु भएको र तीनजनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुने सबै राजस्थानका कामदार रहेका छन् । सुरतबाट झण्डै ६० किलोमिटर पर रहेको कोसाम्बा गाउँमा घटना भएको हो ।
अन्य पाँचजना घाईतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । गुजराजको सुरत नजिकैको कोसाम्बा क्षेत्रको फुटपाथमा दैनिक ज्यालादारी गर्ने २० जना मजदुरहरू फुटपाथमै सुतेका थिए ।
उखु बोकेको ट्याक्ट्ररसँग ट्रक ठोक्किएपछि ट्रकका चालकले नियन्त्रण गुमाएका कारण सुतेका मजदुरमाथि ट्रक चलेको बताइएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया