काठमाढौं । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिश र राष्ट्रपतिको विज्ञप्तिमा राजाको भाषा गन्ध गनाएको दाबी गरेका छन् ।
प्रेस संगठनको भेलालाई मंगलवार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर ओलीले प्रतिनिधि सभा विघटन गरेको आरोप लगाए । प्रतिनिधि सभा विघटन गर्ने भाषामा राजाको भाषा गन्ध गनाइरहेको छ आरोप लगाउनु भयो ।
प्रतिनिधि सभा विघटन मात्र होइन संविधानको विघटन, गणतन्त्रको विघटन, शान्ति प्रक्रियालाई भत्काउने र देशलाई भयानक अराजकतामा धकेल्ने दुस्कर्मको शुरूआत भएको रमेत जिकिर गर्नु भयो ।
पत्रकार भेलालाई मंगलवार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले भारतको नाम नलिई भने ‘हिजो जसको विरुद्ध राष्ट्रवाद देखाउनुभएको थियो, आज त्यहीसँग मिलेर प्रतिगमन गर्नुभयो । उहाँको राष्ट्रवाद खोक्रो साबित भयो ।
अर्को प्रसंगमा प्रचण्डले ओलीले पूर्वएमालेलाई विश्वासमा लिन नसकेको तर अहिले आएर आफूले एमालेभित्र खेलेको आरोप लगाइरहेको बताए । केही समयअघिमात्र मिलेको प्रचण्डले कसरी पूर्व एमालेलाई विश्वासमा लिने अवस्था आयो भन्ने ओलीले सोच्नुपर्ने बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया