जापान । जापानको उत्तर पूर्वमा भारी हिउँको कारण सडक भयानक दुर्घटना भएको छ । भारी बर्फले उत्तरी र पूर्वत्तर जापानको मिहगी प्रान्तको ओसाकीको तोहोकु एक्सप्रेस वे मा मंगलबार दिउँसो दुर्घटना हुँदा १३० गाडी ठोक्किएको थियो । उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएक छन् ।
घाइते १७ जनालाई अस्पताल लगिएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५० वटा सवारी साधनहरू क्षतिग्रस्त भएका छन् ।
होक्काइडो, तोहोकु र होकुरीकु क्षेत्रमा पनि हिउँ, बर्फीले सडक, हिमपहिरो र हिउँ बढ्ने अपेक्षा गरिएको छ,
खराब मौसमका कारण पूर्वी जापान रेलवेले तोहोकु क्षेत्रका मियागी, इवाटे र अकिता क्षेत्रहरूमा अन्य बुलेट ट्रेन सेवाहरू स्थगित गरेका थियो ।
जापानको उत्तरी मुख्य टापु होक्काइडो र मध्य जापानको क्षेत्र होकुरिकुले अधिकतम १२६ किलोमिटर प्रतिघण्टा हावाको वेग अनुमान गरिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया