काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले संसद् विघटनलाई‘कु’भयो भन्नु निरर्थक रहेको भन्दै ताजा जनादेशमा जानु नै उपयुक्त हुने बताएका छन् ।
नेकपाको प्रचण्ड(माधव पक्ष र जसपाको बाबुराम उपेन्द्र पक्षले प्रतिनिधिसभा विघटनलाई प्रतिगामी कदम र प्रधानमन्त्रीले संविधानको वलात्कार गरेको आरोप लगाइरहेका बेला थापाको यस्तो भनाइ आएको हो ।
पछिल्लो विवादबारे टिप्पणी गर्दै थापाले पछिल्लो घटनाक्रमले १४ वर्षको अभ्यास,संविधानभित्रको अन्तरविरोध,भ्रष्टाचार कुशासनले अहिलेको व्यवस्थाको औचित्यमाथि प्रश्न उठाएको बताएका छन् ।
थापाले भनेका छन्–संसद विघटनको निर्णयले प्रतिगमन भयो, कु भयो,संविधानको हत्या भयो भन्ने कोलाहल निरर्थक छ । संविधानभित्रको अन्तरविरोध,भ्रष्टाचारले वर्तमान व्यवस्थाको औचित्यमाथि प्रश्नचिह्न उठेको छ । यो अवस्थामा ताजा जनादेश उपयुक्त हुने बताएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया