विश्वमा कोरोना भाईरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २० लाख ८१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै १७ हजार २३५ संक्रमितको मृत्यु भएसंगै मृतकको संख्या २० लाख ८३ हजार ३२६ पुगेको छ । यसअघि माघ १ गते १६ हजार २६९ संक्रमितको मृत्यु भएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा ६ लाख ६९ हजार ४ सय भन्दाबढी संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ९ करोड ७३ लाख ९ हजार ७५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये हालसम्म ६ करोड ९८ लाख ५० हजार ८ सय ५२ जना संक्रमणमुक्त भएका छन् ।
हाल २ करोड ५३ लाख ७५ हजार ५७२ जना सक्रिय संक्रमितको होम तथा संस्थागत आइसोलेसन र विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये १ लाख १२ हजार २५५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यसैगरी, सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा एकैदिन ४ हजार ३०९ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख १५ हजार ८९४ पुगेको छ । त्यस्तै, एकैदिन १ लाख ८६ हजार ७०६ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या २ करोड ४९ लाख ९८ हजार ९६५ पुगेको छ ।
छिमेकी मुलुक भारतमा संक्रमितको संख्या १ करोड ६ लाख ११ हजार ७१९ पुगेको छ भने अहिलेसम्म १ लाख ५२ हजार ९०६ जनाको मृत्यु भएको छ । १ करोड २ लाख ६५ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया