काठमाडौं । जापानीज ल्याङवेज स्कुल एसोसिएसन अफ नेपाल जालसन को नवौं साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ ।
जालसनको शुक्रबार काठमाडौं नवौं साधारणसभा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष सुनिल बज्राचार्यले सदस्य स्कुलहरुले जापानीज भाषा शिक्षालाई थप परिस्कृत एवं गुणस्तरमा थप सुधार गरी जालसानको गरिमालाई उच्च राख्नुपर्ने धारणा राख्नु भयो ।
जालसनका अध्यक्ष झम्कलाल श्रेष्ठले संस्थाले जापानमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि शुरुवातदेखि नै सहजीकरण तथा परामर्श सेवा प्रदान गर्दै आइरहेको बताउनु भयो । जापानीज ल्याङवेज स्पिच कन्टेष्ट, एजुकेसन फेयर, जापानीज कल्चर प्रमोसन, टिचर वरियन्टेसन लगायतका कार्यक्रम निरन्तर भइरहेको र आगामी दिनमा पनि हुने जनाएको छ । ‘निकट भविष्यमा जापान फाउन्डेसनसँग सहकार्य गर्दै जापानीज भाषा पुस्तकालय निर्माणको लागि पहल भइरहेको बताउनु भयो ।
महासचिव रमेश देवकोटाद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश कुमार श्रेष्ठबाट प्रस्तुत आर्थिक प्रतिवेदन साधारणसभाले सर्वसम्मत पारित गरेको छ ।


फेसबुकबाट तपाइको प्रतिक्रिया