नेकपा प्रचण्ड-नेपाल पक्षको कार्यालय सचिवमा तुलाधर नियुक्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको नेकपा प्रचण्ड–नेपाल पक्षले नेता गंगालाल तुलाधर कार्यालय सचिवमा नियुक्त गरेको छ।

आइतबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको बैठकले एक कार्यालय सचिव र दुई उपसचिव नियुक्त गर्ने निर्णय गरेको हो।

बैठकले मोहन गौतमलाई उपसिचवमा नियुक्त गर्ने निर्णय गरेको छ भने बाँकी एक जनालाई पछि नियुक्त गरिने छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया