सरकारले संविधान बमोजिम समृद्ध मुलुकको स्थापना गर्छ : माधव ढुंगेल

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य माधव ढुंगेल यो सरकारले संविधान बमोजिम समृद्ध मुलुकको स्थापना गर्ने बताउनु भएके छ । नेकपा ओली समुह गोकुलगंगा गाउँ कमिटीको भेलालाई प्रमुख अतिथिको आससनबाट सम्बोधन गर्दै ढुंगेलले कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार प्रतिस्पर्धा गर्ने सरकार नभई मुलुकको समृद्धिको जगहाल्ने सरकार भएको बताउनुभएको छ । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष समेत रहनु भएका ढुंगेलले केही समयको लोकप्रियताका लागि प्रतिस्पर्धा नभई संविधान बमोजिम समृद्ध मुलुकको स्थापना गर्ने दायित्व यो सरकारको भएको बताउनुभयो ।

नेकपा ओली समुह गोकुलगंगा गाउँ कमिटीको भेलाले अध्यक्षमा खड्ग सुनुवारलाई यथावत राख्दै सचिवमा दिपक कार्कीलाई चयन गरेको छ ।
सचिव प्रज्ञान खडकाको ठाउँमा गाउँ कमिटीको भेलाले कार्कीलाई सचिवमा चयन गरेको हो ।

गाउँ कमिटीका अध्यक्ष एवं गोकुलगंगा गाउँपालकाका अध्यक्ष खड्ग सुनुवार भने दुवै पक्षमा खुल्नुभएको छैन् । उनले अहिले आफू स्थानीय सरकारको काममा व्यवस्त रहेकाले दुवै पक्षमा नखुल्ने बताएका छन् ।

सचिवमा चयन भएका कार्की यसअघि अनेरास्ववियु रामेछापका अध्यक्ष तथा गोकुलगंगा गाउँ कमिटीको कार्यलय सदस्यमा रहेका थिए । सुनुवार दुवै समुहमा नखुलेपछि ओली समुहले गाउँ कमिटीको अध्यक्षमा यथावत राखेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया