नागोया । नेपाल जापान एजुकेशनल सपोर्ट क्लबले कोरोना महामारीको यो जटिल अवस्थामा नेपालको पोखरा महानगरपालिका वडा नं १७ महतगौडा सिता पाईला स्थित पोखरा बृद्धाश्रमका लागि दाल,चामल ,नुन तेल्,चिनी,आलु ,चाउचाउ ,बिस्कुट,मास्क , पंजा,ट्वाइलेट क्लिनर,पेपर आदि खाध्यन्न राहत यसै संस्थाका कार्यक्रम संयोजक सुनिल हिराचनले एक कार्यक्रम बिच हस्तान्तरण गर्नु भएको हो ।
पोखरा हेम्जा यामदी स्थित पेमा छाल शाक्य गुम्बाका झण्डै १०० जना भिक्षु बिद्यार्थीहरुका लागि चामल,चाउचाउ,बिस्कुट्,रियल जुस्,आलु ,चिप्स ,पापड जस्ता खानेकुराहरु पनि बितरण गरिएको छ ।
राहत सहयोगसँगै अन्य स्थगित शैक्षिक कार्यक्रमहरु पनि निकट भबिष्यमा सामुदायिक बिद्यायलहरुमा संचालन गर्ने योजना बनाई रहेको संस्थाका जापान स्थित चेयरमेन राजेन्द्र थापाले ब्यक्त गर्नु भएको छ ।
सोही संस्थाका अध्यक्ष जापानीज नागरिक यामाशिता किन्जोले पनि यसपाली कोरोनाको कारणले नेपाल आवत जावत गर्न असहज भएकोले आँफु नेपाल जान नसके तापनि नेपाली विद्यार्थी भाईबहिनी लागी गर्दै आएको बिभिन्न शैक्षिक सहयोगहरु निरन्तरता दिइने जानकारी गराउनु भयो ।


फेसबुकबाट तपाइको प्रतिक्रिया