काठमाडौं । हाम्रो टिम नेपालले ‘हाम्रो खाना घर’को सुरुवात गरेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि समस्यामा परेका मानिसहरुलाई खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले काठमाडौंको अनामनगरमा सस्तोमा खाना खुवाउने रेस्टुरेन्ट सञ्चालनमा ल्याएको हो ।

सस्तोमा खुवाइने खानाबाट बचेको पैसाले अति विपन्न वर्गलाई निःशुल्क खाना खुवाउन सहयोग पुग्ने उद्देश्यले खाना घरको थालनी गरिएको हो ।
हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले ६५ रुपैयाँमा एक छाक सादा खाना खुवाउने गरी रेस्टुरेन्ट खोलिएको बताए । सस्तोमा खुवाएको खानाबाट बचेको पैसाले सामाजिक काम गर्न हौसला मिल्ने उनको भनाई छ ।
रेस्टुरेन्टबाट नेपाली खानाको प्रवद्र्धन हुने पनि अध्यक्ष पन्त बताउँछन् । सरकारको सहयोग पाए राष्ट्र निर्माणको अभियानमा हातेमालो गरि अगाडी बढ्न चाहेको उनीहरुको भनाइ छ ।
हाम्रो टीम नेपालले कोरोना महामारी कारण गत वर्ष चैत ११ गतेदेखि लकडाउन भएदेखि काठमाडौं उपत्यकाका श्रमिक, असहाय र अतिविपन्न वर्गलाई हालसम्म निशुल्कनिःशुल्क खाना खुवाउँदै आएको छ ।


फेसबुकबाट तपाइको प्रतिक्रिया