हार्टबिट,एभरेस्ट अवाइकिङ र आईएम ट्रेकको संयुक्त प्रयासमा दन्त शिविर कार्यक्रम सप्पन्न

सोलुखुम्बु । हार्टबिट, एभरेस्ट अवाइकिङ र आईएम ट्रेकिङको सहकार्यमा आयोजित ४ दिने निशुल्क दन्त शिविर कार्यक्रम सप्पन्न भएको छ।

सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित खरीखोला सामुदायिक अस्पतालमा गरिएको ४ दिने निशुल्क दन्त शिविर कार्यक्रम आईतबार सम्पन्न भएको हो। हार्टबिट संस्था, एभरेस्ट अवाइकिङ र आईएम ट्रेकको संयुक्त प्रयासमा खरीखोला सामुदायिक अस्पतालसंग समन्वय गरि अस्पतालको प्राङ्गणमा दन्त शिविर कार्यक्रम गरिएको थियो ।

उक्त कार्यक्रमको प्रमुख नेतृत्व हार्टबिट संस्थाको कार्यक्रम संयोजक प्रकृति श्रेष्ठ र सहप्रमुख आई एम ट्रेकको अध्यक्ष पेम्बा जाङ्बुले गर्नुभएको थियो । नेपालको राजधानी काठमाडौंसहर देखि करिब ३३५ किलोमीटरको दुरिमा रहेको गाउँपालिकामा अन्य रोगलाई जस्तो दाँत दुखाइलाई नलिने र दाँतको उपचारको लागि करिब ५ घन्टा लगाएर गाडीमा पैदल हिडेर एकदिन भरी लाग्ने भएको हुदाँ उक्त गाउँमा ४ दिने दन्त शिविर गरेको एभरेस्ट अवाइकिङको सचीव पेम्बा वाङ्छु शेर्पाले बताउनुभयो ।

शिविरमा पहिलो दिन ३७ जना, दोस्रो दिन ६७ जना, तेस्रो दिन ४५ जना र चौथो दिन ५७ जना गरि जम्मा २०४ जनाले दाँतको उपचार गराएका थिए । जसमध्ये महिला १०७ जना र पुरुष ९७ जना रहेको हार्टबिट संस्थाकी प्रतिनिधि रोशनि गोलेले तामाङ्गले बताउनुभयो । उनीहरुमध्ये ५५ जनाको दाँता निकालिएको र ७ जनाको दाँता भरिएको गोलेले जानकारी दिनुभयो । साथै कार्यक्रममा औषधी,मन्जन, बुरुस लगाएत स्वास्थ्य सामाग्री पनि वितरण गरिएको थियो।

डेन्टल डाक्टरहरु निशा श्रेष्ठ, सन्जोग अधिकारि, कन्चन तामाङ र प्रनिश भण्डारीको सक्रियतामा सप्पन्न उक्त शिविरमा आईएम ट्रेकका अध्यक्ष पेम्बा जाङ्बु शेर्पा, एभरेस्ट अवाइकिङको सचिव पेम्बा वाङ्छु शेर्पा, हार्टबिट संस्थाकी प्रतिनिधि रोशनि गोलेल तामाङ्गको सहभागी रहेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया