लोकतन्त्र र संविधानको रक्षा गर्नु अहिलेको मुख्य चुनौतिः नेता पुन

तनहुँ । नेकपाको प्रचण्ड नेपाल समूहका नेता वर्षमान पुनले बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धी खोसिन नहुने बताएका छन् । पार्टीले तनहुँको दमौलीमा आयोजना गरेको कार्यक्रममा पुनले लोकतन्त्र र संविधानको रक्षा गर्नु अहिलेको मुख्य चुनौति भएको बताएका हुन् ।

पाँच वर्षका लागि जनादेश प्राप्त पार्टी सडकमा आउला भनेर कसैले नसोचेको भन्दै पुनले राजनीति विचार र सिद्धान्तका आधारमा सञ्चालन गर्नुपर्ने टिप्पणी गरे । पार्टीले पाँच वर्षका लागि प्राप्त गरेको मतको अपमान भएको बताउँदै पुनले फरक मतलाई समेत सम्मान गरेर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता भएकामा जोड दिए ।

कार्यक्रममा नेतृ रामकुमारी झाक्रीले पार्टीका कार्यकर्ता सदैव सत्यको पक्षमा उभिनुपर्ने बताइन् । केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले कम्युनिष्ट पार्टी अझै पनि एकढिक्का भएर अगाडि बढ्नुपर्ने बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया