काठमाडौं । नेकपाको प्रचण्ड–माधव पक्षले तत्कालीन माओवादीले चलाएको १० वर्षे सशस्त्र युद्धको स्मरण गर्दै शनिवार जनयुद्ध दिवस मनाउने भएको छ ।
सबै जिल्लाहरुलाई पनि जनयुद्धको दिवसको अवसरमा शहीद स्मृति तथा सम्मान कार्यक्रम गर्न सर्कुलर पठाइएको केन्द्रीय कार्यालय जनाएको छ ।
शहीद स्मृति तथा समान्न कार्यक्रम बिहान ९ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको छ। सो कार्यक्रममा विभिन्न आन्दोलन र जनयुद्धमा शहीद भएकाहरूको स्मृतिमा सभा हुने जनाएके छ ।
कार्यक्रममा अध्यक्ष प्रचण्ड सहभागी हुने छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया