सोनाम ल्होसारको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

जापान । सोनाम ल्होसारको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न भएको छ । शुक्रवार नेपाल राष्ट्रिय तामाङ घेदुङ जापानले आयोजना गरि शुभकामना आदानप्रदान सम्पन्न गरेको हो ।
बिश्व महामारीको रूपमा फैलिएको कोभिड १९ लाई मध्यनजर गरि सभ्य र भव्य रुपमा २८५७औं लाङ ल्होछारको अवसरमा नेपाल राष्ट्रिय तामाङ घेदुङ जापानको शुभकामना आदानप्रदान तथा भेला कार्यक्रम नेपाल तामाङ राष्ट्रिय घेदुङ विदेश बिभाग प्रमुख पेमा लामा तामाङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । यो कार्यक्रमले १ सदस्य पछि थप गर्ने गरि १९ सदस्यीय नेपाल तामाङ राष्ट्रिय घेदुङ जापान कार्यसमिति चयन गर्दै सफलतापूर्वक सम्पन्न भएको छ ।
सो भेला राष्ट्रिय तामाङ घेदुङ जापानको तदर्थ समिति संयोजक टाशी लामाको सभापतित्वमा भएको थियो भने तदर्थ समिति सचिब कुशल मोक्तानको संचालन र सम्झना ग्याबाको स्वागत मन्तब्य रहेको थियो । कार्यक्रम प्रमुख अतिथिले दियोमा बत्ती बालि बिधिवत उदघाटन गर्दै तामाङहरुको हक अधिकार र पहिचानका बारेमा र अब भईपरि आउने समस्याहरुमा मात्र तामाङहरूका संघ संस्था अल्झेर हुदैन प्रवासी तामाङहरूलाई बुझ्न/बुझाउन र एकीकृत तामाङ समाज निर्माण गर्न तामाङ राष्ट्रिय घेदुङको आवश्यकता रहेको कुरा बताउनु भयो ।

नेपाल राष्ट्रिय तामाङ घेदुङ जापान कार्यसमिति
1. पेम्बा लामा तामाङ – अध्यक्ष
2. विद्या सागर मोक्तान – उपाध्यक्ष
3. रेशम ग्यामदेन लामा – उपाध्यक्ष
4. संजिब स्याङतान – उपाध्यक्ष
5. भरत मोक्तान – महासचिब
6. कुशल मोक्तान – सचिब
7. टाशि लामा – कोषाध्यक्ष
8. सम्झना लामा – सह-कोषाध्यक्ष सदस्यहरु
9. सुनिल लामा वाइबा
10. शोनी तामाङ
11. युवराज लामा
12. दिव्य लामा स्याङबो
13. निमा लामा
14. सोम बहादूर घिसिंग
15. विष्णु ल्हो तामाङ
16. बुद्ध लामा पाख्रिन
17. मुस्कान ग्लान तामाङ
18. प्रज्वल लामा दोङ

फेसबुकबाट तपाइको प्रतिक्रिया